केही नेपाली साहित्यकारहरु

Showing posts with label शृङ्‍खलामा वाचित. Show all posts
Showing posts with label शृङ्‍खलामा वाचित. Show all posts

Monday, December 29, 2008

देख्न छाड्दिन सपना

Host unlimited photos at slide.com for FREE!
एकल यात्री

थाके पनि गोडाहरु
गले तापनि शरीरहरु
खाइए पनि ठक्कर
प्रत्यक पाइलामा
अल्मलिए पनि बाटाहरु
प्रत्यक भोडमा
म सार्न छाड्दिन पाइला
म हिँड्न छाड्दिन यात्रा ।

आइपरे तापनि दु:खहरु
खानु परे ता पनि हण्डरहरु
झर्नै परे पनि प्रत्यक चाढाइमा
ओर्लनै परे पनि प्रत्यक उक्लाइमा
म चढ्न छाड्दिन शिखर
म उक्लिन छाड्दिन पहाड ।

अस्ताए पनि सूर्य
ओर्ले पनि घाम
छोपे पनि धर्ती रातले
डुबे पनि वस्ती अन्धकारमा
म गर्न छाड्दिन
विहानीका कल्पनाहरु
म देख्न छाड्दिन उज्याला सपनाहरु
(साहित्य सुस्केराको आठौँ शृङ्‍खलामा वाचित)

गजल

अक्कल लामा

यो शहर फिर्दै आएँ
गाउँघर चिर्दै आएँ

सपना छ थाप्लोभरी
र त नाम्लो भिर्दै आएँ

गाँस, बास, कपासले
मात्र यहाँ पिर्दै आएँ

गावैँ थियो प्यारो तर
वाध्यताले गिर्दै आएँ

(साहित्य सुस्केराको आठौँ शृङ्‍खलामा वाचित)

Sunday, July 27, 2008

दुई गजल

सुन्दर शिरीष

जसले बढी पानी भर्छ उसकै भाँडो रीत्तो किन
जो बनाउँछ बाटोघाटो उही हिँड्दा भित्तो किन ?

जो भिजाउँछ पसिनाले यो धर्तीको माटो
उसकै जीवन सखाप पार्दै उसकै उछित्तो किन ?

एक पेट खान पाउने लाउनै एकै धरो
त्यसको लागि राख्नुपर्ने आफ्नै जीवन धितो किन ?

ओ निमुखा ओ गुरुवा अझै तिमीले बुझ्या छैन
जो खान्छ चुसी तिम्लाई उस्कै मनमनितो किन ?


(साहित्य सुस्केरा को तेस्रो शृङ्‍खलामा वाचित)
कलमका निप तिमीलाई संगीन हुने भए
थुइनिदेउ स्पन्दन तिम्रो हियार रुने भए

कलमका जंजिरहरु चुडाल्दा समाजमा
लुटिखाने धन्दाहरु तिम्रो सबै थुन्ने भए

पारीदिन्छौँ छिया छिया शब्दलेनै तिम्रो छाती
विकृतिका जाल अझै समाजमा बुन्ने भए

फोड्नुपर्छ गिद्दे आँखा खोस्ने हाम्रा शान्तिहरु
जानी जानी विध्वंसको कालो अझै चुन्ने भए

शिरीषको फूलहरु घोच्ने काँडो हुन्छ तिमीलाई
खप्नुपर्छ पोलाई त्यो आगूलाई छुने भए ।

(साहित्य सुस्केराको दोस्रो शृङ्‍खलामा वाचित)

को हो तपाई ?

Host unlimited photos at slide.com for FREE!
निरज बलामी
मैले ‘अ’ भन्दा
ऊ ‘अनार’ भन्दै कराउँथ्यो
मैले ‘क’ बोल्दा
ऊ ‘कलम’ भन्दै चिच्याउँथ्यो
मैले 'A' भन्दा
ऊ 'Apple' भन्दै उफ्रन्थ्यो

यात्राको एउटा मोडमा
भेट भएको छ फेरि
टाढा भइसकेका अनुहारका आँखा
जुधेका छन् फेरि

चंचल थियो ऊ
शान्त छ
बोलक्कड थियो ऊ
शिष्ट छ
म अझै मास्टर छु स्कूलको
उसको स्थान विशिष्ट छ

पढाएका दिनहरु सम्झिँदै, गुन्दै
माया गरेका क्षणहरु सम्झिँदै, रमाउँदै
गाली गरेका पलहरु सम्झिँदै, खुम्चँदै
म सोध्छु
‘बाबु के छ?’
ऊ हेर्छ पुलुक्क मेरो अनुहारमा र बोल्छ
‘माफ गर्नुहोस् महाशय,
मैले चिनिनँ,
तपाईँ को हुनुहुन्छ ?’
२०६५/०४/०३(गुरुपूर्णिमा)
(साहित्य सुस्केराको तेस्रो शृङ्‍खलामा वाचित)

Tuesday, July 8, 2008

गजल

Host unlimited photos at slide.com for FREE!
तेजामनु नमर्दो

भ्रष्टचारको कालो जुवा, नार्नेलाई काट् वीर
भोक भोकै जनता सारा मार्नेलाई काट् वीर

फुल्दै थियो सुवासको रङ्गीचङ्गी फूलहरु
नफक्रदै कोपिलामै झार्नेलाई काट् वीर

विजयमान बन भनी हिम्मत मैले दिएको'थे
जनकल्याण कुल्ची देश बिगारनेलाई काट् वीर

राष्ट्रियताले सुसज्जित असल नागरिक हौ भने
देशको अहम माथि उपहास आर्न्यालाई काट् वीर

रगत दिने चलन हाम्रो, पसिना बगाउने
बिदेशमा युवा शक्ती चोर्नेलाई काट् वीर

सितापुर-३, 'के'गाउँ, बाँके, नेपालगन्ज
(साहित्य सुस्केरा को दोस्रो शृङ्‍खलामा वाचित)

हाम्रो जनकवि दुर्गालाल

Host unlimited photos at slide.com for FREE!
रचना : राजभाइ जक:मि
संगीत : न्ह्यू बज्राचार्य


राष्ट्रिय-गौरव हृदय-कुसुम हो
हाम्रो जनकवि दुर्गालाल
उसको अनुपम काव्य-गर्भमा
हाँसिरहेछ नयाँ नेपाल ।

निशदिन कविता गुनुगुनु गर्दै
अन्तर्पीडा पोख्दछ उ
देश-हृदयको झललल तस्विर
कविताले नै कोर्दछ उ
बाँचिरहोस् उ सार्थक जीवन
गाऔँ हामी मंगलगान
नेपालीको धर्तीपुत्र
युगवाणीको सिन्धु-विशाल
उसको अनुपम काव्य-गर्भमा
हाँसिरहेछ नयाँ नेपाल ।

काव्य-गगनमा सूर्य भएर
चम्किरहेको ज्वाला त्यो
तीक्ष्ण-कलमको तलवार भिरी
लम्किरहेको योद्धा त्यो
चम्किरहोस् उ भूमण्डलमा
अर्पण गर्छौँ अभिनन्दन
हाम्रो राष्ट्रिय कविता-रत्न
इन्कलावको उच्छ हिमाल
उसको अनुपम काव्य-गर्भमा
हाँसिरहेछ नयाँ नेपाल ।
(साहित्य सुस्केराको दोस्रो शृङ्‍खलामा वाचित)

Tuesday, July 1, 2008

धर्ती सिंगार्न चाहन्छन्



सन्तोषी श्रेष्ठ

भर्खरै कोपिलाको ढोका खोलेर
संसार चिहाउँदै मुस्कुराइरहेका फूलहरु
धर्तीभरी आफ्ना वासना छर्ने तरखर गरिरहेछन्
नयाँ नयाँ पालुवाहरु, चौतारी र आँगनहरुमा
शीतल बतास बाहाउने प्रयत्न गरिरहेछन् ।

बहेली खेल्दै धानले
भकारीका सपनाहरु फुराइरहेछन्
निरन्तर नदीहरु धर्तीलाई जीवन भर्दै
निस्वार्थ अभिलाषामा पौदिरहेछन् ।

टुकीहरु आफै बल्दै उज्यालो छरिरहेछन्
छानाहरु आफू रुझ्दै ओतिरहेछन्
बाटाहरु हिँड्न पाइलाहरु
शब्दहरु बोल्न ओठहरु
सबै आफ्ना कर्म गर्न खोजिरहेछन् ।

तर यहाँ
सपनाहरु लुटिन्छन
र त फूलहरु भाँचिन्छन
आशाहरु टुक्राइन्छन्
र त बाटाहरु भात्काइन्छन् ।
अझै पनि
फूलहरु, पालुवाहरु, नदीहरु
छानाहरु, बाटाहरु र ओठहरु
धर्ती सिंगार्न चाहन्छन्
संसार बदल्न चाहन्छन् ।
कक्षा ९
गीतामाता उच्च मा.वि.
(साहित्य सुस्केराको दोस्रो शृङ्‍खलामा वाचित)

Sunday, June 29, 2008

गजल

Host unlimited photos at slide.com for FREE!
कोइराला सूर्यकिरण

कहाँ फुल्छे र चादनी जहा फुल्दैन जीवनी
न हर्दि छे उ रोशनी जहा झुल्दैन जीवनी

नवर्सदी उ रागले न मात्नु गर्छे प्रेमले
नडग्मगाई धीर हौ न भै खुल्दैन जीवनी

अछूत को छ प्रेममा विटूलि गर्वमा
अवोध फूल वागमा त्यही भुल्दैन जीवनी

विराज छे उ स्वर्गमा नियाल्न जाउं के गरी
न होउ मूर्ति स्वर्गकी पुजी हुँदैन जीवनी

कटाक्ष गर्नु झैँ झरी रुझाउँदै शरीरमा
उजेलिदै म काखमा फली नुदैन जीवनी
(साहित्य सुस्केराको दोस्रो शृङ्‍खलामा वाचित)

वलिदानी वेग

Host unlimited photos at slide.com for FREE!
जनकवि दुर्गालाल श्रेष्ठ

फूल्न त हो है ढक्क फुलेकै
अज बगरमा फूल
तर कसरी म भनूँ कि यही हो
परिवर्तन आमूल

अज तिमीलाई जनताले
जब पहिरायो जीत
अहह ! तिमीले पनि उल्टै पो
गाउन थाल्यौ गीत -

'ब्वाँसोले पनि पाओस बाँच्न
जन्तु हुँदै हो खास
उसले पनि हाम्रो गोठैमा
पाओस् सजिलै बास'

सत्ता - यो नेपाली सत्ता
के हो यसको जात ?
जो आएपनि पाएकै छ
जनताले आघात !

भत्काई नारांहिटिलाई
पारे पनि पातल,
राजतन्त्र मेटिन्न यहाँ है
हुन्न नयाँ नेपाल !

हैन हैन नारांहिटि हैन
राजतन्त्रको बास
त्यसको प्राण त नेताकै हो
राजा बन्ने प्यास !

तर वलिदानी वेग समयको
अब रुक्ने छैन,
बाटो छेक्ने कोही नेता
अब बच्ने छैन !
-प्रथम पटक प्रकाशित
(साहित्य सुस्केराको दोस्रो शृङ्‍खलामा वाचित)

Saturday, June 14, 2008

गजल

गंगाकुमारी राई 'सुम्निमा'

रौनकको मात लाग्दा नाचेकोमा गर्व छैन
मर्नदेखि डराएर बाँचेकोमा गर्व छैन ।

चुनौतीका पाइलाहरु बढाए त भन्थें हुँला
तीखो काँडा टेकिएर भाँचेकोमा गर्व छैन ।

प्रगतिमा लागिएन, असन्तुष्टी यस्तै-यस्तै
आदर्शहिन रुखो हाँसो हाँसेकोमा गर्व छैन ।

भोलिवादी आफ्नै बानी दिक्क लाग्छ आँफैसंग
गगनचुम्वी मनहरु साचेकोमा गर्व छैन ।

सपनाका महल अझै यथार्थमा पूर्ण छैन
काल्पनिकतासंग नाता गासेकोमा गर्व छैन ।
(सहित्य सुस्केरा को प्रथम शृङ्‍खलामा वाचित )