केही नेपाली साहित्यकारहरु

Saturday, June 7, 2008

गजल

Host unlimited photos at slide.com for FREE!
केदार श्रेष्ठ
अझै फुट्न बाँकी छ संघर्षका मुलहरु
रोप्नुपर्छ युवा अब सिर्जनाका फूलहरु ।

सधैभरी पाइतालाका धुलासरी भयौँ
मास्नुपर्छ हामीले मै हुँ भन्ने कुलहरु ।

हाम्रा रगत चुसेर मोटाउने काम भयो
लामखुट्टेहरु छेक्न बुन्नुपर्छ झुलहरु ।

संक्रमण पार गर्दै अझै अघि बढ्ने हो कि
प्रगतिको फड्को मार्न बन्नुपर्छ पुलहरु ।

हुँडार, ब्वासालाई ठेगान लगाइ अघि बढौँ
होस गरौँ घातक हुन्छ हाम्रा आफ्नै भुलहरु ।