केही नेपाली साहित्यकारहरु

Tuesday, June 17, 2008

नयाँ सुट

Host unlimited photos at slide.com for FREE!
कृष्ण बजगाईं
पियनले नयाँ टाई लगाएर आएपछि कार्यालयमा तुरुन्तै खासखुस सुरु भईहाल्यो- “पियनले टाई त्यो पनि नयाँ !” त्यो कुरो सेलाउन नपाउँदै खरदारले पियनको टाईसँग मिल्ने नयाँ सर्ट लगाएको देख्दा कुरो उनी तिर बढ्यो । लौ, गर्मीमा स्टोरकिपरलाई नयाँ कोटमा देख्दा बाँकी कर्मचारीहरु आश्चर्यचकित भए । झन् कोटसँग ठ्याक्कै मिल्ने कपडाको पेण्टमा लेखापाललाई देख्दा कुराले अर्कै मोड लियो ।
यो कुरो अब कर्मचारीहरुमा मात्र सिमित रहेन । चचाचुमा (चम्चागिरी चाकडी र चुक्ली) चालू एक कर्मचारीले पियनको टाईदेखि लेखापालको नयाँ पेण्टसम्मको कुरा फुलबुट्टा भरेर हाकिमलाई बेलीबिस्तार लगाए । यस्तो कुरा थाहा पाउदा हाकिमलाई उठ्नसम्मको रिस उठ्यो । हाकिमले ती कर्मचारीहरुलाई एकैपटक आफ्नो कार्यकक्षमा बोलाए ।
लहरै लाम लागेर उभिएका ती कर्मचारीहरुको पहिरनमा हाकिमले एक नजर लगाए । आफ्नो नापको कपडा ती कर्मचारीहरुलाई कति पनि नसुहाए जस्तो लाग्यो हाकिमलाई । आफ्नो छवि यसरी ती कर्मचारीहरुमा सर्लक्क बाँडिएको देखेर उनी छक्क परे । आफूलाई आउने उपहार कोशेली तथा नगद बाँडिदै आउँदा यति धेरै चुहावट हुँदो रहेछ भन्ने कुरा थाहा पाउँदा हाकिम बडो दुःखी भए ।
सभार : कथाकुथुङ्ग्री (यो लघुकथा यन्त्रवत लघुकथा संग्रहमा संग्रहित छ ।)