केही नेपाली साहित्यकारहरु

Showing posts with label जानकारी. Show all posts
Showing posts with label जानकारी. Show all posts

Sunday, July 27, 2008

साहित्य सुस्केराको तेस्रो शृङ्‍खला सम्पन्न

केदार श्रेष्ठ, काठमाडौं,११ श्रावण
विविध साहित्यिक बिधाका रचनाहरु सुन्दै-सुनाउदै हरेक नेपाली महिनाको दोस्रो शनिबार हुने 'प्रगतिशिल साहित्यमा युवा प्रयास' अभियानका साथ संचालित सुन्ने र सुनाउने साहित्य शृङ्‍खला साहित्य सुस्केराको तेस्रो शृङ्‍खला सम्पन्न भएको छ ।

नेपाल मानविकी क्याम्पस (आर.आर.) मा हुने गरेको उक्त कार्यक्रम यसपाली पनि सोही स्थानमा प्रगतिशिल साहित्यकार विश्वविमोहन श्रेष्ठ प्रति समर्पण गर्दै भाद्र महिनाको १४ गते सम्मको लागि सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा साहित्य सुस्केराको तर्फबाट साहित्यकार विश्वविमोहन श्रेष्ठका दुई कविता वाचन गर्नुको साथै सहभागी साहित्य अनुरागीद्वारा आफ्ना मौलिक रचना वाचन गरिएको थियो ।

Saturday, June 28, 2008

साहित्य सुस्केराको दोस्रो शृङ्‍खला सम्पन्न

काठमाडौं, १४ असार;
त्साहजनक उपस्थितीका साथ विविध विधाका साहित्यिक रचनाहरु सुन्दै-सुनाउदै हरेक नेपाली महिनाको दोस्रो शनिबार हुने साहित्य सुस्केरा को दोस्रो शृङ्‍खला सम्पन्न भएको छ । उक्त शृङ्‍खलामा नेपाली साहित्यका २१ र अङ्ग्रेजी साहित्यका एक गरी २२ रचनाहरु वाचित भएका छन् भने शृङ्‍खलावद्ध सुनाउने गरी 'माली गाई र गोरु' कथाको स्रस्ट्राबाट नै वाचन सुरु गरिएको छ ।

स्थापित देखी भर्खर साहित्यमा पाइला चालेकाहरु तथा अन्य साहित्य अनुरागीहरुको राम्रो जमघटका साथ सन्चालित उक्त कार्यक्रममा अखिल नेपाल लेखक संघका केन्द्रिय सदस्य तथा साहित्यकार राजभाइ ज:कमीले आफ्ना रचना तथा साहित्य सुस्केरा को लागि जनकवि दुर्गालाल श्रेष्ठले उहाँमार्फत प्रेशित गर्नुभएको कविता वाचन गर्नुका साथै प्रगतिशील साहित्यबारे बोल्नुभयो । शृङ्‍खलामा मौलिक रचना बाहेक अन्य स्रस्ट्राका रचना पनि ससम्मान वाचन गरियो । कार्यक्रममा साहित्यकार जोतारे धाइवा, स्पन्दन-प्रगतिशील साहित्य समाज लगायतको साहित्यिक प्रस्तुतिसहित उपस्थिती थियो ।

सुस्केरा समुहका शुशीला अधिकारीको स्वागत उदघोषण सङ्गै समुहकै केदार श्रेष्ठद्वारा सन्चालन गरिएको कार्यक्रम श्रावण महिनाको दोस्रो शनिबार(११ गते)सम्मको लागि समापन गरिएको छ ।

Wednesday, June 18, 2008

" प्रगतिशील साहित्यमा युवा प्रयास "

साहित्य सुस्केरा

(सुन्ने-सुनाउने साहित्यिक शृङ्‍खला)

"प्रगतिशील साहित्यमा युवा प्रयास" अभियानका साथ हरेक नेपाली महिनाको दोस्रो शनिबार हुने "साहित्य सुस्केरा" (सुन्ने-सुनाउने साहित्यिक शृङ्‍खला) को दोस्रो शृङ्‍खला निम्न मिती र स्थानमा हुने हुनाले आफ्नो मौलिक लेख-रचनाका साथ सहभागी हुन हार्दिक आमन्त्रण गर्दछौं ।


मिती : २०६५ असार १४ गते (दोस्रो शनिबार)
समय : दिनको ठीक २:00 बजे (तोकिएकै समयमा हुने)
स्थान : नेपाल मानविकी क्याम्पस (आर.आर.)
कोठा नं १४

साहित्य सुस्केरा परिवार

Friday, June 13, 2008

"साहित्य सुस्केरा" को प्रथम शृङ्‍खला सम्पन्न

ही जेठ २९ गते बुधवार, निर्धारित "सहित्य सुस्केरा" को प्रथम शृङ्‍खला सम्पन्न भएको छ । थोरै भएपनि उत्साहजनक उपस्थितिमा अनौपचारिक रुपमा भएको उक्त शृङ्‍खलामा भर्खरै साहित्य यात्रामा पाइला चाल्दै गरेका देखी स्थापित साहित्यकारसम्मका विभिन्न विधाका १३ वटा मौलिक रचना वाचन गरिएको थियो ।
साथै दोस्रो शृङ्‍खलादेखी "सहित्य सुस्केरा" हरेक नेपाली महिनाको दोस्रो शनिबार दिनको ठीक २:०० बजे, नेपाल मानविकी क्याम्पस (आर.आर) मा हुने जानकारी गराउदै, असार १४ गते हुने "साहित्य सुस्केरा" को दोस्रो शृङ्‍खलाको निम्ती यहाँहरु सबैलाई निम्तो गर्दछौँ ।
साहित्य सुस्केरा परिवार

Monday, June 2, 2008

" प्रगतिशील साहित्यमा युवा प्रयास "

साहित्य सुस्केरा

(सुन्ने-सुनाउने साहित्यिक शृङ्‍खला)

"प्रगतिशील साहित्यमा युवा प्रयास" अभियानका साथ हरेक महिनाको अन्तिम बुधवार "साहित्य सुस्केरा" (सुन्ने-सुनाउने साहित्यिक शृङ्‍खला) को सहित्यिक पर्दा उघार्ने जमर्को स्वरुप तपाईंहरुको माझ आउँदैछ, आफ्नो मौलिक लेख-रचनाका साथ सहभागी हुन हार्दिक आमन्त्रण गर्दछौं ।

मिती : २०६५ जेठ २९ गते
समय : बिहान ठीक १० बजे
स्थान : नेपाल मानविकी क्याम्पस (आर.आर.)
कोठा नं १४

साहित्य सुस्केरा परिवार
sahityasuskera@gmail.com