केही नेपाली साहित्यकारहरु

Tuesday, July 8, 2008

गजल

Host unlimited photos at slide.com for FREE!
तेजामनु नमर्दो

भ्रष्टचारको कालो जुवा, नार्नेलाई काट् वीर
भोक भोकै जनता सारा मार्नेलाई काट् वीर

फुल्दै थियो सुवासको रङ्गीचङ्गी फूलहरु
नफक्रदै कोपिलामै झार्नेलाई काट् वीर

विजयमान बन भनी हिम्मत मैले दिएको'थे
जनकल्याण कुल्ची देश बिगारनेलाई काट् वीर

राष्ट्रियताले सुसज्जित असल नागरिक हौ भने
देशको अहम माथि उपहास आर्न्यालाई काट् वीर

रगत दिने चलन हाम्रो, पसिना बगाउने
बिदेशमा युवा शक्ती चोर्नेलाई काट् वीर

सितापुर-३, 'के'गाउँ, बाँके, नेपालगन्ज
(साहित्य सुस्केरा को दोस्रो शृङ्‍खलामा वाचित)

हाम्रो जनकवि दुर्गालाल

Host unlimited photos at slide.com for FREE!
रचना : राजभाइ जक:मि
संगीत : न्ह्यू बज्राचार्य


राष्ट्रिय-गौरव हृदय-कुसुम हो
हाम्रो जनकवि दुर्गालाल
उसको अनुपम काव्य-गर्भमा
हाँसिरहेछ नयाँ नेपाल ।

निशदिन कविता गुनुगुनु गर्दै
अन्तर्पीडा पोख्दछ उ
देश-हृदयको झललल तस्विर
कविताले नै कोर्दछ उ
बाँचिरहोस् उ सार्थक जीवन
गाऔँ हामी मंगलगान
नेपालीको धर्तीपुत्र
युगवाणीको सिन्धु-विशाल
उसको अनुपम काव्य-गर्भमा
हाँसिरहेछ नयाँ नेपाल ।

काव्य-गगनमा सूर्य भएर
चम्किरहेको ज्वाला त्यो
तीक्ष्ण-कलमको तलवार भिरी
लम्किरहेको योद्धा त्यो
चम्किरहोस् उ भूमण्डलमा
अर्पण गर्छौँ अभिनन्दन
हाम्रो राष्ट्रिय कविता-रत्न
इन्कलावको उच्छ हिमाल
उसको अनुपम काव्य-गर्भमा
हाँसिरहेछ नयाँ नेपाल ।
(साहित्य सुस्केराको दोस्रो शृङ्‍खलामा वाचित)