केही नेपाली साहित्यकारहरु

Saturday, June 28, 2008

साहित्य सुस्केराको दोस्रो शृङ्‍खला सम्पन्न

काठमाडौं, १४ असार;
त्साहजनक उपस्थितीका साथ विविध विधाका साहित्यिक रचनाहरु सुन्दै-सुनाउदै हरेक नेपाली महिनाको दोस्रो शनिबार हुने साहित्य सुस्केरा को दोस्रो शृङ्‍खला सम्पन्न भएको छ । उक्त शृङ्‍खलामा नेपाली साहित्यका २१ र अङ्ग्रेजी साहित्यका एक गरी २२ रचनाहरु वाचित भएका छन् भने शृङ्‍खलावद्ध सुनाउने गरी 'माली गाई र गोरु' कथाको स्रस्ट्राबाट नै वाचन सुरु गरिएको छ ।

स्थापित देखी भर्खर साहित्यमा पाइला चालेकाहरु तथा अन्य साहित्य अनुरागीहरुको राम्रो जमघटका साथ सन्चालित उक्त कार्यक्रममा अखिल नेपाल लेखक संघका केन्द्रिय सदस्य तथा साहित्यकार राजभाइ ज:कमीले आफ्ना रचना तथा साहित्य सुस्केरा को लागि जनकवि दुर्गालाल श्रेष्ठले उहाँमार्फत प्रेशित गर्नुभएको कविता वाचन गर्नुका साथै प्रगतिशील साहित्यबारे बोल्नुभयो । शृङ्‍खलामा मौलिक रचना बाहेक अन्य स्रस्ट्राका रचना पनि ससम्मान वाचन गरियो । कार्यक्रममा साहित्यकार जोतारे धाइवा, स्पन्दन-प्रगतिशील साहित्य समाज लगायतको साहित्यिक प्रस्तुतिसहित उपस्थिती थियो ।

सुस्केरा समुहका शुशीला अधिकारीको स्वागत उदघोषण सङ्गै समुहकै केदार श्रेष्ठद्वारा सन्चालन गरिएको कार्यक्रम श्रावण महिनाको दोस्रो शनिबार(११ गते)सम्मको लागि समापन गरिएको छ ।