केही नेपाली साहित्यकारहरु

Friday, June 6, 2008

म र तँ

Host unlimited photos at slide.com for FREE!
रमेश भट्टराई

मैले गुमाए‍‍, मैले पाएं‍
तै‍ले पाइस, तै‍ले गुमाइस
मैले गुमाएर पनि पाएं‍
तै‍ले पाएर पनि गुमाइस
म‍ गुमाएर आत्तइन, त‍ पाएर मात्तइस
मेरो गुमाइको अर्थ प्राप्ती हो
तेरो प्राप्तीको अर्थ रहेन
मैले गुमाएर पाउन जानेको छु
पाएको जोगाउन पनि जानेको छु
तैले पाएर जोगाउन जान्दैनस
गुमाएर पाउन पनि जान्दैनस
त्यसैले त म खुशी छु
त्यसैले त त‍ दु:खी छस्
म लडेपछि उठ्‍न जान्दछु
त लडेपछि सुतिरहन्छस
त ब्युझ‍दा रातो घाम झुल्कनेछ
अध्यारामा हिड्‍ने त
घाम के हो ? घाममा कसरी हिड्‍ने ?
त‍लाइ के थाहा
म सत्य, त गलत
त फगत रुप,तेरो के काम ?

गजल

Host unlimited photos at slide.com for FREE!
रामशरण प्रयास

उठ्छ महान जनता फेरी आश ढलेपछि
आँखा खुल्छ जब तिन्को लास ढलेपछि ।

फेरिएर आ'छौँ भन्थे सबै झुटो रै'छ
के को परिवर्तन ल्याउँथे सास ढलेपछि ।

कुकुरका पुच्छर जस्ता सधैंभरी बाङ्गो
आस्थाको धरोहर त्यो बाँस ढलेपछि ।

जुट्दैछन रे फेरी जनता अर्को आगो बाल्न
को चुप बस्छ जब आफ्नै गाँस ढलेपछि ।

थिएछ

Host unlimited photos at slide.com for FREE!
शुशीला अधिकारी

थिएछ
सबैले भने थिएछ
सडकमा थिएछ
मैले पनि पुल्क्याएँ
सहनै सकिन र प्वाक्क बोले थे'छ ।
म संगैकोले आँखा तर्‍यो
अली परकोले हप्कायो,
के भनिस रे तैले ? तेरो जिब्रो थुतेर फालुँ ?
म अवाक टोलिएं
सहनै सकिन र प्वाक्क बोलें थे'छ ।
तिनिहरु म बाट दुई कदम पछाडि सरे
म रमितामा सुकरात बन्दै गुफातर्फ लम्किएं
खिया लागेको पेचमा मेरो पारी घुँएत्रियो
सहनै सकिन र प्वाक्क बोलेँ थे'छ ।
असंख्य अंकबाट, पाँच
जोड-घटाऊ, गुणन-भाग आदी-इत्यादीका
पिता पाइथागोरस घुँडा घोटेर
मेट्न लागेको ठिटा, गामा, बिटालाई
अल्फा साबुनले चम्काएको देखें
सहनै सकिन र प्वाक्क बोलेँ थे'छ ।
एक सय सत्ताइस नम्बरको
वायुपंखी घोडा माथि चढी
अग्नी दिक्षाका नायक फौजी ढाल्न
कंकड र बालुवा मुठ्याइ तनक्क तन्किँदा
कँटिमा एउटा, मात्र एउटा खुट्टो अल्झिएर
एक सय सत्ताइस पटकनै लतारिएकोले झसक्क झस्किएँ
सहनै सकिन र प्वाक्क बोलेँ थे'छ ।
गुफाबाट फुत्त निस्किएँ
टक्क माझमा अडिदै
अघिका दुइलाई कर्के नजर पल्टाइ
कान दुई हातले ठड्याउदै
सुनें, भएछ रे......
कराए, थिएछ रे.....
लम्किए, भएछ रे......
झम्टिए, गुमेछ रे.....
लात हाने, दोहोरिएछ रे....
सहनै सकिन र प्वाक्क बोलेँ थे'छ ।