शुशीला अधिकारी
थिएछ
सबैले भने थिएछ
सडकमा थिएछ
मैले पनि पुल्क्याएँ
सहनै सकिन र प्वाक्क बोले थे'छ ।
म संगैकोले आँखा तर्यो
अली परकोले हप्कायो,
के भनिस रे तैले ? तेरो जिब्रो थुतेर फालुँ ?
म अवाक टोलिएं
सहनै सकिन र प्वाक्क बोलें थे'छ ।
तिनिहरु म बाट दुई कदम पछाडि सरे
म रमितामा सुकरात बन्दै गुफातर्फ लम्किएं
खिया लागेको पेचमा मेरो पारी घुँएत्रियो
सहनै सकिन र प्वाक्क बोलेँ थे'छ ।
असंख्य अंकबाट, पाँच
जोड-घटाऊ, गुणन-भाग आदी-इत्यादीका
पिता पाइथागोरस घुँडा घोटेर
मेट्न लागेको ठिटा, गामा, बिटालाई
अल्फा साबुनले चम्काएको देखें
सहनै सकिन र प्वाक्क बोलेँ थे'छ ।
एक सय सत्ताइस नम्बरको
वायुपंखी घोडा माथि चढी
अग्नी दिक्षाका नायक फौजी ढाल्न
कंकड र बालुवा मुठ्याइ तनक्क तन्किँदा
कँटिमा एउटा, मात्र एउटा खुट्टो अल्झिएर
एक सय सत्ताइस पटकनै लतारिएकोले झसक्क झस्किएँ
सहनै सकिन र प्वाक्क बोलेँ थे'छ ।
गुफाबाट फुत्त निस्किएँ
टक्क माझमा अडिदै
अघिका दुइलाई कर्के नजर पल्टाइ
कान दुई हातले ठड्याउदै
सुनें, भएछ रे......
कराए, थिएछ रे.....
लम्किए, भएछ रे......
झम्टिए, गुमेछ रे.....
लात हाने, दोहोरिएछ रे....
सहनै सकिन र प्वाक्क बोलेँ थे'छ ।
No comments:
Post a Comment