केही नेपाली साहित्यकारहरु

Sunday, June 29, 2008

नयाँ घर बनाऔँ

Host unlimited photos at slide.com for FREE!
केदार श्रेष्ठ

थोत्रो भयो हाम्रो घर, मलाई सारै भयो डर
यसलाई भत्काएर लौ बनाऔँ नयाँ घर !

म पर्खाल उठाउँछु, साथी तिमी ढुङ्गा ल्याउ
झ्याल-ढोका ठीक्क ठाउँमा राखी नयाँ घर बनाऔँ !

आफ्नै काठ, आफ्नै माटो, आफ्नै ढुङ्गा राम्रो होला
पौरख आफ्नै लगाएमा घर साँच्चै हाम्रो होला !

अर्काको मुख ताक्न छाडी हामी मिली जग बसालौँ
ब्वाँसालाई छेको हाली सुन्दर जब्बर घर बनाऔँ !

गरेदेखी नहुने रैनछ मोती फल्छ पाखामा
हाम्रो नयाँ घरको गीत गाऔँ एउटै भाकामा !

(बालकोसेली मासिकको पूर्णांक ४७ मा प्रकाशित)

गजल

Host unlimited photos at slide.com for FREE!
कोइराला सूर्यकिरण

कहाँ फुल्छे र चादनी जहा फुल्दैन जीवनी
न हर्दि छे उ रोशनी जहा झुल्दैन जीवनी

नवर्सदी उ रागले न मात्नु गर्छे प्रेमले
नडग्मगाई धीर हौ न भै खुल्दैन जीवनी

अछूत को छ प्रेममा विटूलि गर्वमा
अवोध फूल वागमा त्यही भुल्दैन जीवनी

विराज छे उ स्वर्गमा नियाल्न जाउं के गरी
न होउ मूर्ति स्वर्गकी पुजी हुँदैन जीवनी

कटाक्ष गर्नु झैँ झरी रुझाउँदै शरीरमा
उजेलिदै म काखमा फली नुदैन जीवनी
(साहित्य सुस्केराको दोस्रो शृङ्‍खलामा वाचित)

वलिदानी वेग

Host unlimited photos at slide.com for FREE!
जनकवि दुर्गालाल श्रेष्ठ

फूल्न त हो है ढक्क फुलेकै
अज बगरमा फूल
तर कसरी म भनूँ कि यही हो
परिवर्तन आमूल

अज तिमीलाई जनताले
जब पहिरायो जीत
अहह ! तिमीले पनि उल्टै पो
गाउन थाल्यौ गीत -

'ब्वाँसोले पनि पाओस बाँच्न
जन्तु हुँदै हो खास
उसले पनि हाम्रो गोठैमा
पाओस् सजिलै बास'

सत्ता - यो नेपाली सत्ता
के हो यसको जात ?
जो आएपनि पाएकै छ
जनताले आघात !

भत्काई नारांहिटिलाई
पारे पनि पातल,
राजतन्त्र मेटिन्न यहाँ है
हुन्न नयाँ नेपाल !

हैन हैन नारांहिटि हैन
राजतन्त्रको बास
त्यसको प्राण त नेताकै हो
राजा बन्ने प्यास !

तर वलिदानी वेग समयको
अब रुक्ने छैन,
बाटो छेक्ने कोही नेता
अब बच्ने छैन !
-प्रथम पटक प्रकाशित
(साहित्य सुस्केराको दोस्रो शृङ्‍खलामा वाचित)