केही नेपाली साहित्यकारहरु

Tuesday, July 8, 2008

हाम्रो जनकवि दुर्गालाल

Host unlimited photos at slide.com for FREE!
रचना : राजभाइ जक:मि
संगीत : न्ह्यू बज्राचार्य


राष्ट्रिय-गौरव हृदय-कुसुम हो
हाम्रो जनकवि दुर्गालाल
उसको अनुपम काव्य-गर्भमा
हाँसिरहेछ नयाँ नेपाल ।

निशदिन कविता गुनुगुनु गर्दै
अन्तर्पीडा पोख्दछ उ
देश-हृदयको झललल तस्विर
कविताले नै कोर्दछ उ
बाँचिरहोस् उ सार्थक जीवन
गाऔँ हामी मंगलगान
नेपालीको धर्तीपुत्र
युगवाणीको सिन्धु-विशाल
उसको अनुपम काव्य-गर्भमा
हाँसिरहेछ नयाँ नेपाल ।

काव्य-गगनमा सूर्य भएर
चम्किरहेको ज्वाला त्यो
तीक्ष्ण-कलमको तलवार भिरी
लम्किरहेको योद्धा त्यो
चम्किरहोस् उ भूमण्डलमा
अर्पण गर्छौँ अभिनन्दन
हाम्रो राष्ट्रिय कविता-रत्न
इन्कलावको उच्छ हिमाल
उसको अनुपम काव्य-गर्भमा
हाँसिरहेछ नयाँ नेपाल ।
(साहित्य सुस्केराको दोस्रो शृङ्‍खलामा वाचित)

No comments: