केही नेपाली साहित्यकारहरु

Friday, June 13, 2008

मेरो सानो मुरलीमा

Host unlimited photos at slide.com for FREE!
मन्जुल

मेरो सानो मुरलीमा मेरो देश नअटला
तर मेरो मुरलीले भाखा राखुँ भन्छ
मेरो सानो मुटुभित्र मेरो देश नअटला
तर मेरो दश औँलीले देशै ढाकुँ भन्छ ।

सुनाखरी फुलुँ भन्छ, सुनगाभा फुलुँ भन्छ
गुराँसको जोवन मेरो, लालुपाते हासुँ भन्छ
वेणी र त्रिवेणी देशसंग मिलुँ भन्छ ।
बादलुले उडुँ भन्छ, पखेरामा गुडुँ भन्छ
आकासले अडुँ भन्दा, पर्वतले बढुँ भन्छ
डाँफे चरी माथि माथि हिमालमा चढुँ भन्छ ।

1 comment:

हरिराम पौडेल said...

मंजुल दाजुको गीत असाध्यै मन पर्यो ।