केदार श्रेष्ठ
हामी राष्ट्रमा छौँ
राष्ट्रियता सोच्छौँ
र भोकै मर्छौँ
हाम्रा भोकहरु बन्दकी राखेर
उसले राष्ट्रियता डकार्छ
म सोच्दैछु
"राष्ट्रियता"
डकार्नुमा छ कि
भोकमा छ !
२०६६ साउन १९
राष्ट्रियता सोच्छौँ
र भोकै मर्छौँ
हाम्रा भोकहरु बन्दकी राखेर
उसले राष्ट्रियता डकार्छ
म सोच्दैछु
"राष्ट्रियता"
डकार्नुमा छ कि
भोकमा छ !
२०६६ साउन १९
3 comments:
हास्यव्यंग्यको चाड गाईजात्रामा
हाँस्ने केही विषयहरुः
१. महँगीले थिच्नु
२. कार आएर पेटीमै किच्नु
३. चामल खाएर पखालाले मर्नु
४. सीमारेखा रातारात सर्नु
५. पहिरोले मान्छे पुरिनु
६. अपराधीहरु सुरिनु....
... ... ...
... ... ...
आउनुहोस्, मरी मरी हाँसौँ ।
हास्यव्यंग्यको चाड गाईजात्रामा
हाँस्ने केही विषयहरुः
१. महँगीले थिच्नु
२. कार आएर पेटीमै किच्नु
३. चामल खाएर पखालाले मर्नु
४. सीमारेखा रातारात सर्नु
५. पहिरोले मान्छे पुरिनु
६. अपराधीहरु सुरिनु....
... ... ...
... ... ...
आउनुहोस्, मरी मरी हाँसौँ ।
"कहाँ छ राष्ट्रियता ?"
जबसम्म उसमा डकारी रहने हैसियत रहन्छ तबसम्म तपाईं जतिसुकै भोकै मरेपनि उसमै राष्ट्रियता रहेको प्रमाणित भैरहन्छ | पाठकले भावुक भएर कृतिका खातिर "भोकमा छ राष्ट्रियता भन्न सक्छ" जो श्रष्टाले खोजेको उत्तर हो | भोकै मर्नेहरूको साझा भावना हो | मै पनि त्यसै भनुला !
कविता खरो लाग्यो | केदार श्रेष्ठजी अरू लेख्नुहोस |
Post a Comment